दोधारा चाँदनीका बासिन्दा घाँस र स्याउला लिन भारत | Naya Bikalpa
December 5, 2022, Monday

दोधारा चाँदनीका बासिन्दा घाँस र स्याउला लिन भारत

कञ्चनपुर । नेपाली नागरिक उपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् ।

सीमा नाकामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण यो सम्भव भएको जनाइएको छ । दोधाराका थुप्रै मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् ।

यहाँका महिला झन्डै तीन किलोमिटरको बाटो हिँडेर भारतीय बस्ती कलौना पुग्ने गरेका छन । दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आउनुभएका टेकबहादुर सुनारले अहिलेसम्म यहाँ दुई देशबीचका नागरिकबीच मनमुटावका घटना नभएको बताउँछन् ।

यहाँका बासिन्दाको नेपालसँग सम्पर्क कम नै थियो । विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै नेपालसँग सम्पर्क जोडिएको हो । ‘मेलापात, बिहे, व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने– जाने गर्छौँ’, उनीले भने ‘हामीले पनि बोलाउँछौँ, उहाँहरूले पनि बोलाउनुहुन्छ । हामी सिमाका बासिन्दा सीमाका प्रहरेदार हौ भन्नु भयो ।

महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको स्रोत नै कृषि व्यवसाय रहेको छ ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ भाद्र १५, १६: २३

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ भाद्र १५, १६: २३

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ भाद्र १५, १६: २३

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...