सिन्धुपाल्चोक एकमा टिकट पाउने हेभ्वीवेट बस्नेत र सापकोटा ? – Naya Bikalpa
March 29, 2024, Friday

सिन्धुपाल्चोक एकमा टिकट पाउने हेभ्वीवेट बस्नेत र सापकोटा ?

सिन्धुपाल्चोक । मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नामावली सिफारिस हुने क्रम बढिरहेको छ । सिन्धुपाल्चोकका तीन ठुला दलले पनि आइतबार उम्मेदवार सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ गठबन्धन दलका तर्फबाट काँग्रेसले पुर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाई सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, माधवप्रसाद सापकोटा र फुलम तामाङलाई सिफारिस गरेको छ ।

हेभ्वीवेटका यी उम्मेदवार मध्ये दुवै जनाले आफ्नो क्षेत्रमा पटड जमाउँदै आएका छन् । गठबन्धनमा चुनाव लड्ने घोषणासँगै यो क्षेत्रमा भने ठुलै सङ्कट आइ पर्ने अवस्था देखिएको छ । पछिल्लो समय बस्नेतको राम्रो पकड र क्रियाशीलताले पनि काँग्रेसको जीत निश्चित जस्तै भएको भन्दै काँग्रेसले एकल नाम सिफारिस गरेको छ ।

तर माओवादी केन्द्रमा भने तीन जनाको नाम पर्नुले सापकोटाको कोटा निश्चित नभएको देखिएको छ । यहाँ जीतका लागि जनताको निर्णय भन्दा पनि केन्द्रीय नेताहरूको निर्णय नै पर्खनु पर्ने अवस्था आएको छ । नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर १ मा अरुण नेपाल, सरेस नेपाल, भरत पराजुली र बादल लामा सङ्घमा सिफारिस गरेको छ ।

यता निर्वाचन क्षेत्र नम्बर २ मा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, बागमती प्रदेश सदस्य हस्त पण्डित र माधव पाण्डे सङ्घमा सिफारिस गरेको छ ।

माओवादीले निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ सङ्घमा युवराज दुलाल ‘शरद’ र चन्द्रबहादुर थापा सिफारिस गरेको छ । राप्रपाले भने निर्वाचन क्षेत्र नम्बर २ मा पशुपति शम्सेर राणा जबरा सङ्घमा सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
  • २०७९ भाद्र २०, ०७: ०५

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक संकटहरु देखिन थालेको भन्दै त्यसको समाधान गर्न संसद्का दुई ठूला र...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
  • २०७९ भाद्र २०, ०७: ०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...

युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
  • २०७९ भाद्र २०, ०७: ०५

बुटवल । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–१...