मावि तहको नेपाली विषयको लिखित परीक्षाको नतिजा प्रकाशन | Naya Bikalpa
December 5, 2022, Monday

मावि तहको नेपाली विषयको लिखित परीक्षाको नतिजा प्रकाशन


काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले २०७८ चैत्र १५ गते र २०७९ असार ९ मा परीक्षा सञ्चालन गरेको थियो ।

आयोगको सूचनाअनुसार प्रदेश१ को सबै र मधेस प्रदेशका (क्र.सं १ देखि १० सम्मका उम्मेदवारं) को अन्तर्वार्ता २५ असोज बिहान ८ बजे हुनेछ । यस्तै, मधेस प्रदेशका (क्र.सं.११ देखि माथिका सबै) उम्मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्मेदवार) को अन्तर्वार्ता असोज २५ गते दिउँसो २ बजे हुनेछ ।

बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूरपश्चििम प्रदेशका सबै उम्मेदवारको अन्तर्वार्ता २६ असोज बिहान ८ बजे हुने कार्यतालिका रहेको आयोगले बताएको छ ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ भाद्र २१, १३: ०६

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ भाद्र २१, १३: ०६

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ भाद्र २१, १३: ०६

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...