चीनको नयाँ खोजले अमेरिका हैरान, थप चन्द्रमामा तीनवटा मिशन पठाउने – Naya Bikalpa
March 29, 2024, Friday

चीनको नयाँ खोजले अमेरिका हैरान, थप चन्द्रमामा तीनवटा मिशन पठाउने

काठमाडौं । चीनले चन्द्रमामा खनिज पत्ता लगाएको छ । भविष्यमा ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ भनेर यसको थप अध्यन गरिरहेको छ । थप अनुसन्धानका लागि चीनले चन्द्रमामा तीनवटा मिशन पठाउने तयारी गरिरहेको छ ।

बेइजिङ नेशनल स्पेस एडमिनिस्ट्रेशनले आगामी १० वर्षमा चन्द्रमामा तीनवटा परिक्रमा गर्ने स्वीकृति पाएपछि चीनको अन्तरिक्ष दौडमा अमेरिकाले गिद्धेनजर लगाएको छ । तीव्र गतिमा अध्यन गर्न अमेरिका पनि लागिपरेको छ ।

चीनले उक्त घोषणा गरेको देखेर अमेरिकालाई दबाब परेको छ । ऊर्जाको स्रोतका रूपमा पनि प्रयोग गर्न सकिने भएकाले यो ‘खजाना’भन्दा कम नहुने चीनको अपेक्षा छ ।

सन् २०२० मा चीनको चाङ्गे–५ मिसनमार्फत चन्द्रमाबाट १ हजार ७३१ ग्राम तौल भएका नमूनाहरू पृथ्वीमा ल्याइएको थियो । सो खनिजमा हेलियम–३ पाइएको छ । पछिल्लो समय चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो ध्यान बढाएको छ ।

छुट्टै अन्तरिक्ष स्टेशन निर्माण गर्ने, चन्द्रमामा नमूना सङ्कलन गर्न विभिन्न मिसनहरू प्रक्षेपण गर्ने वा मंगल ग्रहमा झुरोङ रोभर पठाउने, चीनले अन्तरिक्षमा नासालाई प्रत्यक्ष चुनौती दिइरहेको छ ।

सम्बन्धित समाचार

लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान
लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान
  • २०७९ भाद्र २८, ०७: १७

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आहवान गरेको...

कतार उडेको जहाज दुई घण्टापछि काठमाडौं नै फर्कियो
कतार उडेको जहाज दुई घण्टापछि काठमाडौं नै फर्कियो
  • २०७९ भाद्र २८, ०७: १७

काठमाडौं । कतार उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज करिब दुई घण्टापछि काठमाडौं नै फर्किएको छ । बिहीबार राति १२...

कांग्रेसद्धारा आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित
कांग्रेसद्धारा आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित
  • २०७९ भाद्र २८, ०७: १७

  काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको...