पुटिन र मोदीबीच भेटवार्ता हुने | Naya Bikalpa
September 29, 2022, Thursday

पुटिन र मोदीबीच भेटवार्ता हुने

काठमाडौं । जारी रुस युक्रेन युद्धमा रुसको मौन समर्थन जनाइरहेको आरोप खेपिरहेको भारत र रुसका कार्यकारी प्रमुख नरेन्द्र मोदी र भ्लादिमिर पुटिन बीच भेटवार्ता हुने भएको छ ।

सेप्टेम्बर १५ र १६ मा उज्जेब्किस्तामा हुन गइरहेको शांघाई कोअप्रेशन अर्गनाइजेसन (एससिओ) को सम्मेलनको क्रममा यी दुई नेता बीच भेट हुने भएको छ ।

साही भेटमा मोदी र पुटिन बीच रुस युक्रेन युद्धको कारण उत्पन्न खाद्य संकटको समाधानबारे छलफल हुने बताइएको छ ।

उक्त सम्मेलनमा चीनका राष्ट्रपति सी जिङ पिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको पनि उपस्थिती रहने छ ।

यधपि मोदीको यी दुई नेतासँग छुट्टै वार्तालाप हुने वा नहुने भन्ने विषयमा हाल सम्म सार्वजनिक भइसकेको छैन । पुटिन बाहेक मोदीको उज्जेब्किस्तानका राष्ट्रपतिसँग पनि द्विपक्षीय भेटवार्ता हुने छ ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ भाद्र २९, ११: ०५

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ भाद्र २९, ११: ०५

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ भाद्र २९, ११: ०५

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...