अनलाईन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ | Naya Bikalpa
September 29, 2022, Thursday

अनलाईन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले अनलाईन ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्याम संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाईल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई ठगी कसूरमा आवश्यक कारवाही लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ भाद्र ३१, १२: ५५

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ भाद्र ३१, १२: ५५

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ भाद्र ३१, १२: ५५

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...