कर्तव्य ज्यान मुद्दामा रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ – Naya Bikalpa
April 19, 2024, Friday

कर्तव्य ज्यान मुद्दामा रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दामा रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ईन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने राजिव कुमार मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राजिव कुमार समेतका २ जनाले २०७८ भदौ २६ गते बिहान ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तलवार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७८ चैत २८ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न मण्डल उपर जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामा आवश्यक समन्वय गरेपश्चात इन्टरपोलद्वारा २०७९ भदौ १४ गते रेड नोटिस जारी गरिएको थियो ।

सो क्रममा ईन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरी आवश्यक जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिई आएको प्रहरी टोलीलाई बुझाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
  • २०७९ भाद्र ३१, १३: ०१

  कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
  • २०७९ भाद्र ३१, १३: ०१

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक...

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
  • २०७९ भाद्र ३१, १३: ०१

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले...