रुसलाई पतन गराउने सपना पूरा हुने छैन् पुटिन | Naya Bikalpa
September 29, 2022, Thursday

रुसलाई पतन गराउने सपना पूरा हुने छैन् पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरै वर्षदेखि रुसको पतनको लागि पश्चिमले सपना देखेको र पतनका लागि प्रयासहरु पनि भए तर उनीहरूको सपना कहिल्यै पूरा नहुने बताए ।

उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा पश्चिमी देशहरूले सोभियत संघ र ऐतिहासिक रुसलाई ध्वस्त पार्ने योजना बनाएका थिए ।

तर रुस यथावत् नै रहेको बताए । पश्चिमी देशहरूले रुसको विनाश कहिल्यै देख्ने छैनन । उनले युक्रेनमा सञ्चालित सैन्य कारबाही यस्तै अवस्थालाई रोक्नको लागि गरिएको बताए ।

यस्ता प्रयास संयुक्त राज्य अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूले गरेका थिए । अझै पनि त्यस्ता रुस विरोधी गुटहरू बनाएर रुसलाई आफ्नो दिशामा भ्रमित गर्ने प्रयास गरिरहेका छन् ।

युक्रेनमा भएको सैन्य कारबाहीको पछाडि रुसको मुख्य उद्देश्य डोनबासलाई मुक्त गराउनु रहेको उनले बताए ।

युक्रेनबाट आएका ठूला बयान र दाबीका सम्बन्धमा राष्ट्रपति पुटिनले हतार नगर्न र धैर्यपूर्वक पर्खन भनेका छन् ।

आफ्ना युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीसँग भेट्ने इच्छा दोहोर्‍याएका छन्। तर युक्रेनले पहिले यस्तो बैठकमा सहमत हुनुपर्ने पनि बताएको छ ।

उनले टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको सुरक्षा ग्यारेन्टी सम्झौता पूरा हुने बेला युक्रेनी प्रतिनिधिमण्डलले नै वार्ता त्यागेको दाबी गरे।

 

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन १, ०९: ०९

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन १, ०९: ०९

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन १, ०९: ०९

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...