डेङ्गु नियन्त्रण गर्न कवाडीखाना व्यवस्थापन गरिने | Naya Bikalpa
December 5, 2022, Monday

डेङ्गु नियन्त्रण गर्न कवाडीखाना व्यवस्थापन गरिने

कास्की। कास्कीमा ५३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। डेङ्गुको सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि यसको नियन्त्रणका लागि विभिन्न चेतना मुलक कार्यक्रम अघि सारेको छ।
डेङ्गु हुने मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ भएकाले सरसफाइमा ध्यान दिन अतिआवस्यकता छ ।

डेङ्गु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा सचेतना अभियान सुरु गरेको छ ।

महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेङ्गु रोग रोकथामका लागि लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो।

पालिकाले कवाडी सङ्कलन केन्द्र बाट डेङ्गु फैलन मद्दत पुगेको निष्कर्ष निकालेको छ । कवाडी सङ्कलनमा आबद्ध व्यवसायीलाई कवाडी सङ्कलन केन्द्रहरू बजार क्षेत्रबाट बाहिर सार्न आग्रहसमेत गरिएको छ।

महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै केन्द्रलाई मुख्य बजार क्षेत्रबाट पाँच सय मिटर टाढा सार्न आग्रह गरेको हो।

 

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन २, ०९: ०६

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन २, ०९: ०६

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन २, ०९: ०६

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...