गणेशमान सिंहको २५ ओै स्मृति दिवस यसरी मनाईयो | Naya Bikalpa
September 29, 2022, Thursday

गणेशमान सिंहको २५ ओै स्मृति दिवस यसरी मनाईयो

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनकाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको २५ ओै स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए ।

सविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहले जनाएका छन् ।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहले जनाए । गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’ गणेशमान सिहले देखायको बाटो हिड्न सकेमात्र लोकतनत्र बलियो हुने भन्दै नेपाली राजनीतिमा गणेशमान सिहंको योगदानको चर्चा सिहंले गरे । कार्यक्रम गणेशमान सिह फाउन्डेसनको आयोजनामा भयको हो ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन २, १२: ०४

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन २, १२: ०४

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन २, १२: ०४

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...