चार दशक राजनैतिक यात्रालाई धमिल्याउने कुचेष्ठा | Naya Bikalpa
September 29, 2022, Thursday

चार दशक राजनैतिक यात्रालाई धमिल्याउने कुचेष्ठा

काठमाडौं । काठमाडौ जिल्लाको पश्चिम भेगमा स्थित भूगोल र जनसंख्याको आधारमा अन्य नगरपालिका भन्दा ठूलो चन्द्रागिरि नगरपालिका पर्यटकीय, पौराणिक, तथा सास्कृतिक रुपमा अब्बल रहेको हुँदा यहाँ धार्मिक र पर्यटकीय क्षेत्रको विकास भएको छ । ऐतिहासिक पौराणिक भालेश्वर मन्दिर तथा उपत्यकाको दृश्य अवलोकन गर्नका लागि केबुलकारबाट लाखौं मानिसहरु चन्द्रागिरि पुग्ने गर्दछन् । यही पौराणिक तथा चर्चित क्षेत्रको नामबाट चन्द्रागिरि नगरवपालिकाको नामकरण भएको पाईन्छ । उक्त नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट नगरवासिलाई विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । नगरवासिले अनलाइन मार्फत राजस्व लगाएत नगरपालिकालाई तिर्नुपर्ने कर, मालपोत लगाएत विभिन्न दस्तुर समेत घरमै बसीबसी विद्युतीय माध्यमबाट तिर्न सक्ने अवस्था सिर्जना भएकाे  छ । प्रशासनिक र व्यवस्थित व्यवस्थापनलाई यहाँ केही  राजनैतिक तत्व र व्यक्तिका कारण सिंगो नगरपालिकालाई नै बदनाम गराउने षडयन्त्रबाट सर्तक हुन नगरपालिकाले आवहान गरेको छ ।

सो नगरपालिकामा दुई पटक निर्वाचित लामो समय शिक्षक पेशाबाट राजनीतिमा आएका निस्कलंक, वौद्धिक, सरल व्यक्तिको रुपमा परिचित तथा थानकोट वासीको मात्र नभई पश्चिम भेगकै ”घनश्याम सर” भने निकै चिन्तित देखिन्छन् ।  नगर विकास योजना देखि सामाजिवक कार्यमा निरन्तर सक्रिय प्रमुख घनश्याम गिरी आर्थिक पारर्दशिता र उत्तरदायित्वका बारेमा निकै जिम्मेवारीका साथ नगरपालिकालाई लिएर गएको सो क्षेत्रका वौद्धिक व्यक्तिहरु बताउँछन् । नगरपालिकाको समग्र विकासमा निरन्तर ध्यान केन्द्रित गर्दै जहाँ विकास हुन बाँकी छ त्यहाँ बजेट केन्द्रित गर्ने गरेको पाईन्छ । पछिल्लो समय नगरपालिकाको बारेमा आएका जे जति हल्लाहरु छन् ती हल्लाहरु प्रति निकै दुखि हुँदै कर्मचारी तहले हुने हरेक काममा आफ्नो कुनै हस्तक्षेप नभएको र सम्बन्धीत शाखा, कर्मचारी प्रशासन,प्रमुख कार्यकारी, आर्थिक प्रशासनले नै गर्ने गराउने काममा आफूले कुनै हस्तक्षेप नगरेको बताउँने प्रमुख गिरीले समाचारको विषयमा समेत सम्बन्धित वडा तहदेखि केन्द्रसम्मको क्रियाकलाप र आर्थिक पारदशिर्ताबारे तत्काल छानविन समित बनाएका छन् । नगरपालिकाभित्रको आर्थिक पारदशिर्तालाई नगरबासी समक्ष प्रस्तुत गराई छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चार दशक लामो राजनैतिक यात्रामा पछिल्लो समय मेयर भए पश्चात नगरपालिकाको आर्थिक उन्नतिदेखि बहुचर्चित नागढुंगा सुरुङ मार्ग निर्माण गर्न सफल गिरी पश्चिम भेगको कांग्रेस संगठन समेत मजवुद बन्दै गएको देखेपछि गिरीको राजनीतिक यात्रामा कुचेष्ठा थोपर्न लागि परेको सम्बन्धित क्षेत्रका राजनैतीक विश्लेषकहरु बताउँछन् ।

यसै सन्दर्भमा नगरपालिकद्धारा निकालिएको वक्तव्यमा भनिएको छ :

चन्द्रागिरी नगरपालिकाले कवाडी करलगायत अन्य विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गरि प्रशारित समाचारका आधारमा धारणा नबनाउन नगरवासीलाई अनुरोध गरेको छ ।

कवाडी कर लगायत अन्य विषयलाई लिएर विभिन्न मितिमा सञ्चारमाध्यमबाट प्रशारित श्रव्यदृश्य सामाग्रीप्रति नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आफ्नो ४ दशक लामो राजनीतिक जीवन निस्कलंकित रहेको भन्दै नगर प्रमुख घनश्याम गिरीले नगरवासीको शिर निहुराउनुपर्ने काम आफुबाट नहुने प्रतिवद्धता विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘सञ्चारमाध्यमबाट प्रशारित श्रव्यदृश्य सामाग्रीमा कवाडी सामानको विवरण दाखिला गर्दा र नाकाबाट बाहिर लैजाँदा सामानको विवरण फरक परेको भन्ने विषयमा मेरो व्यक्तिगत कुनै पनि संलग्नता नरहेको र घरटहरा सम्बन्धि विषयलाई समेत जोडेर मेरो व्यक्तिगत कुनै पनि संलग्नता नरहेको र घरटहरासम्बन्धि विषयलाई समेत जोडेर मेरो सार्वजनिक जीवनमा गम्भीर लाञ्छना लाग्ने गरी पूर्वाग्रही भई बद्नियतपूर्ण तरिकाले प्रसारित समाचार भ्रामक,कपोलकल्पित, मनगढन्ते रहेको र त्यसमा कुनै पनि सत्यता नभएको ,’ नगरप्रमुख घनश्याम गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘भ्रमपूर्ण सामाग्रीका आधारमा धारणा नबाउनुस्, नगरवासीको शिर निहुराउने काम हुनेछैन ।’ मेयर गिरी नगरपालिकालाई नै बद्नाम गर्नेगरि प्रसारित समाचारको वैधता परिक्षण गर्नुपर्ने भन्दै सो सामाग्रीका आधारमा धारणा नबनाउन पनि नगरवासीहरुलाई आग्रह गरिएको छ ।

 

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन २, १८: ०१

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन २, १८: ०१

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन २, १८: ०१

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...