पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौं : शिक्षामन्त्री | Naya Bikalpa
December 5, 2022, Monday

पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौं : शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताए ।

“पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिदैन,”उनले भने, “प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।”

बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनको भनाइ रहेको छ ।

विद्यालय शिक्षालाई नियम नगर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको औंल्याए ।

विश्व विद्यालयका आंगिक क्याम्पसहरु शिक्षा विषयमा रुची नभएकाले भर्ना हुनेको संख्यामा कमि आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले बैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे ।

“विद्यार्थीहरुले परीक्षा दिएको वर्ष दिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? प्रश्न गर्दै उनले भने, अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौं सबै समयमा हुन्छ ।”

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन ३, १६: ३७

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन ३, १६: ३७

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन ३, १६: ३७

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...