राजकीय सम्मान दिएर एलिजाबेथको अन्त्येष्टि, समाधिस्थमा लाखाैं सहभागि – Naya Bikalpa
March 28, 2024, Thursday

राजकीय सम्मान दिएर एलिजाबेथको अन्त्येष्टि, समाधिस्थमा लाखाैं सहभागि

एजेन्सी । बेलायतमा सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । लन्डनको वेस्टमिन्स्टर आबीमा राजपरिवारका सदस्य, देशका पूर्वप्रधानमन्त्रीसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा कूटनीतिक प्रतिनिधिको उपस्थितिमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टि समारोहपछि महारानीको शवलाई पश्चिम लन्डनस्थित विन्ड्सर क्यासलमा पुर्‍याएर समाधिस्थ गरिएको छ । विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा महारानीका पति फिलिपसँगै उनको समाधिस्थ गरिएको हो । अन्त्येष्टि पूर्वमहारानीको शवपेटिकालाई बेलायती सेनाको गन क्यारेजमा राखेर वेस्टमिन्स्टर आबीमा ल्याइएको थियो ।

शवपेटिकाको अगाडि बेलायती सेनाका स्कटिस तथा आइरिश रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज र रोयल एयर फोर्सका सैनिक परम्परागत बाजा बजाउँदै परेडमा सहभागि भएका थिए । राजा चाल्र्स तृतीयसहित राजपरिवारका सदस्यहरू शवपेटिकालाई पछ्याउँदै हिँडेरै अन्त्येष्टिस्थल पुगेका थिए ।

अन्त्येष्टि समारोहमा विश्वका विभिन्न सय बढी मुलुकका राष्ट्रप्रमुखसहित ५ सय उच्चपदस्थ विदेशी पाहुनाहरूको सहभागिता रहेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ उपराष्ट्रपति वांग क्युशान, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुदेखि क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डका प्रधानमन्त्री साथै फ्रान्सेली राष्ट्रपतिसम्मका विश्वका प्रमुख नेताहरू महारानीको अन्त्येष्टिमा सहभागी भएका थिए ।

नर्वे, स्वीडेन, नेदरल्यान्ड, बेल्जियम, स्पेन, जापानलगायतका मुलुकबाट राजारानी तथा राजपरिवारका सदस्यहरू पनि उपस्थित थिए । नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले गरेका थिए ।

इतिहासमै सबैभन्दा धेरै विश्व नेताहरू लन्डनमा भेला भएको महारानीको ऐतिहासिक अन्त्येष्टि समारोहमा रुस, बेलारुस, म्यानमार, सिरिया, भेनेजुएला, अफगानिस्तानजस्ता केही मुलुकलाई भने निमन्त्रणा गरिएको थिएन । उत्तर कोरियामा भने राष्ट्रप्रमुखलाई नभई कूटनीतिक प्रतिनिधिलाई मात्रै निम्त्याइएको थियो ।

अन्त्येष्टि समारोह पूरा हुनुपूर्व रानीका पाइपरबाट राष्ट्रिय गानको धुन प्रस्तुत भएको थियो भने देशैभर दुई मिनेटसम्म मौनधारण गरिएको थियो ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ आश्विन ४, ०७: ०१

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ आश्विन ४, ०७: ०१

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ आश्विन ४, ०७: ०१

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...