निर्वाचन खर्च नबुझाउने २८५ उम्मेदवारलाई जरिबाना | Naya Bikalpa
September 29, 2022, Thursday

निर्वाचन खर्च नबुझाउने २८५ उम्मेदवारलाई जरिबाना

हेटौंडा । स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरको उम्मेदवार बनेका २८५ उम्मेदवारलाई निर्वाचन आयोगले जरिबाना गरेको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्चको विवरण नबुझाउने हेटौंडा उपमहानगरपालिकाका २ सय ८५ जना उम्मेदवारलाई आयोगले जरिबाना गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार उम्मेदवारले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

तर, उम्मेदवारले चुनावमा भएको खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टिकरण पेस नगर्ने उम्मेदवारलाई आयोगले जरिबाना गरेको हो । आयोगले आफ्नो आधिकारिक पोर्टलमा सूचना तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएकालाई ५ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यलाई जनही २ लाख ५० हजार जरिबाना तोकेको छ ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ५, १२: ११

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ५, १२: ११

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ५, १२: ११

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...