घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार | Naya Bikalpa
December 5, 2022, Monday

घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई तोकिएको छ । बिहीबार बसेको तयारी समितिको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

घोषणापत्रका सन्दर्भमा आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि प्रवक्ताको जिम्मेवारी पाएका परियारलाई सम्पर्क गर्न भनिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी भने महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ ।

 

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन ६, १४: ५७

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन ६, १४: ५७

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन ६, १४: ५७

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...