सुरक्षा निकायका प्रमुखहरुबिच जङ्गी अड्‍डामा भेटघाट तथा छलफल – Naya Bikalpa
March 29, 2024, Friday

सुरक्षा निकायका प्रमुखहरुबिच जङ्गी अड्‍डामा भेटघाट तथा छलफल

काठमाडौं । सुरक्षा निकायका प्रमुखहरुबिच जङ्गी अड्‍डामा भेटघाट तथा छलफल भएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा आज प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री
धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक श्री राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका
मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा बीच जङ्गी अड्‍डामा भेटघाट तथा छलफल भएको हाे ।

 

नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक
समग्र सुरक्षा अवस्थाको समिक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण
ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको छ ।

साथै, उक्त छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबि प्रतिनिधि सभा तथा प्रदेश सभा
निर्वाचन २०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा
निकायहरुलाई प्राप्त जिम्मेवारीहरु केन्द्रिय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ
प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा समेत छलफल भएको बताइएको छ ।

सम्बन्धित समाचार

राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
  • २०७९ आश्विन ६, १७: ४४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक संकटहरु देखिन थालेको भन्दै त्यसको समाधान गर्न संसद्का दुई ठूला र...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
  • २०७९ आश्विन ६, १७: ४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...

युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
  • २०७९ आश्विन ६, १७: ४४

बुटवल । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–१...