राष्ट्रपतिको निणर्य विरुद्ध सर्वोच्च अदालतमा रिट दायर – Naya Bikalpa
March 29, 2024, Friday

राष्ट्रपतिको निणर्य विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

नयाँ विकल्प,

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारीले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

अधिवक्ता सागर बरालसमेतले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ११३ (४)बमोजिम संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपति कार्यालयका नाममा परमादेशको आदेश माग गरिएको छ । उनीहरुले विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई स्वविवेकको अधिकार संविधानले नदिएको उल्लेख गरेका छन् । उनीहरुले रिटलाई अग्राधिकार दिन पनि माग गरेका छन् ।

निवेदक देव शर्माले दयर गरेको रिटमा राष्ट्रपति कार्यालयको निर्णय र काम कारवाहीबाट नेपाली जनतालाई नेपालको संविधानको धारा १० देखि १५ ले प्रत्याभूत गरेको मौलिक हकमा आघात पुगेको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधान विपरीत हुने भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न परमादेशसमेत उपयुक्त आदेश जारी गर्न माग गरेका छन् ।

संघीय संसदको दुबै सदनले पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने भए पनि गरेकी थिइनन् ।

 

सम्बन्धित समाचार

धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
  • २०७९ आश्विन ६, १८: १८

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टीका सहमहान्त्री प्रतिनिधि सभा सदस्य जिवन परियार लगायत केन्द्रिय नेताहरुसंग बिहीबार जिल्ला पार्टी कार्यालय धनकुटामा...

प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
  • २०७९ आश्विन ६, १८: १८

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव...

महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
  • २०७९ आश्विन ६, १८: १८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित...