डाक्टर केसी र सरकारबीच भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगियो | Naya Bikalpa
September 29, 2022, Thursday

डाक्टर केसी र सरकारबीच भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगियो

नयाँ विकल्प,

काठमाडौं – अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि निष्कर्षमा पुगेको थिएन । डा केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने उनले बताए । डा.केसीले उठाएका सबै मागमा बुँदागत रूपमा छलफल भएको सहयोगी सुवेदीले बताए । भदौ २७ गतेदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा. केसी अनसनमा बसेका हुन् ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ६, १९: २५

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ६, १९: २५

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ६, १९: २५

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...