सम्पत्ति शुद्धीकरण नियन्त्रणमा प्रभावकारी कानुन बनाउन नसकेको कारण नेपाल अन्तराष्ट्रिय अनुगमनमा पर्ने जोखिम | Naya Bikalpa
September 29, 2022, Thursday

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा प्रभावकारी कानुन बनाउन नसकेको कारण नेपाल अन्तराष्ट्रिय अनुगमनमा पर्ने जोखिम

नयाँ विकल्प,

काठमाडौं – सम्पत्ति शुद्धीकरण नियन्त्रणमा प्रभावकारी कानुन बनाउन नसकेको कारण नेपाल अन्तराष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ । सरकारले सम्पत्ति शुद्धीकरण रोक्ने सम्बन्धी १४ वटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको भएपनि राष्ट्रियसभाबाट विधेयक पारित हुन ढिलाई भएका कारण यस्तो जोखिम बढेको हो ।

सरकारले गत भदौ १७ गते ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मार्फत ती १४ कानुनका विभिन्न व्यवस्थाहरु संशोधन गर्न लागेको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सो विधेयक भदौ १७ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

प्रतिनिधिसभामा सो विधेयक द्रुत गतिमा अघि बढेको थियो । संसदमा दर्ता भएको विधेयकका विषयमा संशोधन प्रस्ताव राख्नको लागि सांसदहरुलाई ७२ घण्टाको समय दिनुपर्छ । तर, त्यस्तो समय २४ घण्टामा झार्न सकिन्छ । यसको लागि सरकारको आग्रहमा प्रतिनिधिसभाका सभामुखले नियम निलम्बनको प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्दा नियम निलम्बन गरिएको सभामुखका संचारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

 

राष्ट्रियसभासँग नियम निलम्बन गरेर सो विधेयक पारित गराउन पुग्ने समय भएपनि नियम निलम्बन नगरेका कारण पारित हुनबाट रोकिएको सरकारको बुझाई छ ।

 

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ६, २१: ३५

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ६, २१: ३५

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ६, २१: ३५

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...