कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीलाई पार्टी नेतृत्व सुम्पिने | Naya Bikalpa
September 29, 2022, Thursday

कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीलाई पार्टी नेतृत्व सुम्पिने

काठमाडौं । नेकपा एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने बहसले आकार लिन थालेको छ । केही कार्यकर्ताले लेख तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिबाट बाहिरिएपछि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने अवाज उठाएकोमा अब नेतृत्व तहबाटै बहस थालिएको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सीधै राजनीतिक नेतृत्व गरे राम्रो हुने बताए । भण्डारीलाई पार्टी नेतृत्वमा पुनःस्थापित गर्न बहस भईरहेको छ ।

एमालेभित्र कुनै विषयमा विचार निर्माण गर्ने सन्दर्भमा बाँस्कोटाका अभिव्यक्ति तथा उनले उठाएका विषय निर्णायक हुने गरेका छन् । पछिल्लो समय उनले प्रादेशिक संरचनाको औचित्यमाथि समेत प्रश्न उठाएका छन् ।

बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीतिक गर्नु हुँदैन भनने कानूनी व्यवस्था नरहेको र राजनीतिबाट उनीहरू राष्ट्रपति बन्ने भन्दै रामवरण यादवले पनि आफ्नो मान्यता अनुरूपको राजनीति गरिरहेको बताए ।

एमालेमा बाँस्कोटाले जसरी अरुले मुख नखोले पनि भित्रभित्रै धेरै नेता विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने पक्षमा देखिएका छन् । बाँस्कोटाले शान्त तलाउमा ढुंगा हानेर माहौल बुझ्न खोजेको अर्थमा लिइएको छ ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, ०९: ५९

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, ०९: ५९

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, ०९: ५९

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...