नक्कली शैक्षिक प्रमाणपत्रसहित नाैं जना पक्राउ | Naya Bikalpa
September 29, 2022, Thursday

नक्कली शैक्षिक प्रमाणपत्रसहित नाैं जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित नाैं जना पक्राउ गरेको छ । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका सात जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा हाल झापाको दमक बस्ने पाँचथर मितलाजुनका २५ वर्षीय समिर राई, कास्की पोखराका ४० वर्षीय अरुण कार्की, काठमाडौंको टोखा बस्ने नुवाकोट बेलकोटगढीकी २५ वर्षीया राधिका तामाङ, काठमाडौंको बसुन्धारा बस्ने स्याङ्जा चापाकोटकी ३८ वर्षीय सबिता श्रेष्ठ रहेका छन् ।
यसैगरी, झापा मेचीनगरका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरीका २१ वर्षीय सुरजराज खत्री र अछाम मंगलसेनका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा विर्तामोड नगरपालिका वडा नं. ५ का ४० वर्षीय दिनेश प्रसाई र झापा जिल्ला दमक नगरपालिका वडा नं. ७ का ४८ वर्षीय सुर्य बहादुर श्रेष्ठ नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भिसा प्रयोजनका लागि १०ं२ को नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट त्रिभुवन विश्वविद्यालय, उच्च माध्यामिक शिक्षा बोर्ड र एनएबीको नाममा जारी भएको नक्कली प्रमाणपत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, ११: ४९

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, ११: ४९

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, ११: ४९

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...