निर्वाचन आयोगद्वारा बजेट रकमान्तरबारे अर्थ मन्त्रालयसँग २४ घण्टाभित्र विवरण माग | Naya Bikalpa
September 29, 2022, Thursday

निर्वाचन आयोगद्वारा बजेट रकमान्तरबारे अर्थ मन्त्रालयसँग २४ घण्टाभित्र विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले बजेट रकमान्तरबारे अर्थ मन्त्रालयसँग विवरण माग गरेको छ । कुन कुन मन्त्रालय र निकायहरूमा के कति रकम रकमान्तर गरिएको हो भन्नेबारे आयोगले मन्त्रालयसँग विवरण मागेको हो ।
चुनावको मिति घोषणा भइसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको स्वच्छतामा असर पर्ने आयोगले बताएको छ ।

बजेटभन्दा पृथक हुने गरी रकमान्तर गरी नयाँ कार्यक्रम सञ्चालन गरेको भएको भए त्यसको जानकारी २४ घण्टाभित्र गराउन आयोगले अर्थ सचिवको ध्यानाकर्षण गराएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा निर्वाचन आउन ५८ दिन बाँकी छ । आयोगले हिजो मात्र कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो ।

आयोगले मन्त्रालयलाई यसबारे २४ घण्टाभित्र जानकारी उपलब्ध गराउन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक् तरिकाबाट नयाँ योजना तथा कार्यक्रमहरू सञ्चालन भएको पाइएको भन्दै आयोगले चासो दिएको हो । यस्तो कार्यबाट निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगको भनाइ छ ।

‘निर्वाचनको मिति तोकी निर्वाचन कार्यक्रमहरू कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९र८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरूमा नपरेका विभिन्न नयाँ योजनाहरू सिर्जना गरी कार्यक्रमहरू समेत तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायहरूमा बजेट रकमान्तर निकासा र स्रोत निश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको छ’, आयोगले विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकारबाट मिति २०७९र४र१९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिए पश्चात् व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९र८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायहरूमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरूमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ ९चौबीस० घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेस गर्न निर्देशन दिएको छ ।’

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, १४: ०१

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, १४: ०१

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, १४: ०१

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...