प्रधान सेनापति महारथी शर्माद्वारा नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्बोधन – Naya Bikalpa
April 19, 2024, Friday

प्रधान सेनापति महारथी शर्माद्वारा नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्बोधन

काठमाडौं । असोज २८ गतेदेखि कार्तिक ०३ गतेसम्म पोखरामा संचालन हुन गईरहेको ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता -२०७९’ मा सहभागी हुने नेपाली सेना, त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशिक्षक तथा खेलाडीहरुको हौसला तथा मनोवल अभिवृद्धि गर्ने उद्देश्यले आज त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित कार्यक्रमकाबिच प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको सदस्यका रुपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा नेपाली सेनाको छविलाई अभिवृद्धि गर्न योगदान दिने प्रशिक्षक एवं खेलाडीहरुलाई धन्यवाद दिएका छन् ।

सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले खेलकुदका माध्यमबाट समग्र नेपाली सेनाको प्रतिनिधित्व गर्दै नियमित रुपमा आम नागरिकहरुसँग सम्पर्कमा रहने सम्पूर्ण नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरु नागरिक(सैनिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण सेतुका रुपमा स्थापित रहेको उल्लेख गर्दै सम्पूर्ण खेलाडीहरुलाई आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिष्पर्धामा सहभागी हुँदा सबै भन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्दै नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुन समेत निर्देशन दिएका थिए ।

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको रु.१० (दश) करोडको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । उनले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता -२०७९’ मा आफुलाई प्राप्त प्रशिक्षणलाई मनन् गर्दै आफ्नो क्षमता प्रदर्शन गरी बढी भन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै पुनस् त्रिभुवन आर्मी क्लबलाई टिम च्याम्पियन बनाउन सम्पूर्ण प्रशिक्षक तथा खेलाडीहरुलाई शुभकामना दिएका थिए। साथै, उक्त कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ्ग ट्रफी समेत प्रदर्शनी गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
  • २०७९ आश्विन ७, १५: २९

काठमाडौं । गत चैत २७ गते राप्रपाले काठमाडौं गरेको जनप्रदर्शनका क्रममा विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको...

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ आश्विन ७, १५: २९

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ आश्विन ७, १५: २९

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...