आइएमई पे मार्फत फोन पे क्युआर स्क्यान गर्दा रू. १ लाख जित्ने मौका | Naya Bikalpa
September 29, 2022, Thursday

आइएमई पे मार्फत फोन पे क्युआर स्क्यान गर्दा रू. १ लाख जित्ने मौका

काठमाडौँ । आइएमई पेर फोन पे बिच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पे का तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोन पे का तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार क्युआर स्क्यानमारू. १,००,००० सम्म जित्न सकिने अवसर हुने छ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुक पनि व्यवस्था मिलाइएको छ ।

नेपालको महान चाडपर्वको अवसर पारी फोन पेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा रु. १,००,००० जित्ने मौका पाउने आइएमईले जानकारी दिएको छ ।
यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्ने जनाइएको छ ।

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, १५: ५१

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, १५: ५१

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, १५: ५१

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...