पत्रकार विनु सुवेदीलाई धम्काएको घटनाप्रति महासंघको ध्यानाकर्षण – Naya Bikalpa
April 18, 2024, Thursday

पत्रकार विनु सुवेदीलाई धम्काएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । समाचारको विषयलाई लिएर अनलाइनखबरकर्मी बिनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियकी अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

आज महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै पत्रकार सुवेदीलाई एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति विरोध जनाएका हुन् ।

‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै महासंघले यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

‘सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो ।’ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
  • २०७९ आश्विन ७, १६: २९

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले...

मधेसमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
मधेसमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
  • २०७९ आश्विन ७, १६: २९

जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार मन्त्री नियुक्त भएका माओवादी...

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ
नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ
  • २०७९ आश्विन ७, १६: २९

काठमाडौं। महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त...