चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ | Naya Bikalpa
September 29, 2022, Thursday

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले चोरी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गत वैशाख १५ गते काठमाडौंको कोटेश्वरको एक घरबाट दिउँसो कोही नभएको समयमा कोठामा रहेको नगद, घडि, सुनचाँदीका गरगहना समेत गरी जम्मा १५,८४,००० बराबरको धनमाल चोरी गरी फरार भएका थिए ।

पक्राउ पर्नेमा काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी बस्ने ४३ वर्षीय राजु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार चावहिलबाट नगद र सुनसहित पक्राउ गरेको हो । उनलाई थप कारबाहीका लागि प्रहरी बृत्त नयाँ बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, १७: २४

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, १७: २४

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, १७: २४

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...