डा. केसीको समर्थनमा भोलि मण्डलामा प्रदर्शन गर्ने | Naya Bikalpa
September 29, 2022, Thursday

डा. केसीको समर्थनमा भोलि मण्डलामा प्रदर्शन गर्ने

नयाँ विकल्प,

काठमाडौं – बृहत् नागरिक आन्दोलनले आमरण अनरसरत डा. गोविन्द केसीको समर्थनमा भोलि शनिबार प्रदर्शन गर्ने भएको छ । शनिबार मध्यन्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको आन्दोलनले बताएको छ ।

विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा. केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।

तर डा. केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।

वक्तव्यमा ‘ बृहत् नागरिक आन्दोलनको प्रष्ट माग छ, अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वय नगर्ने किसिमको सम्झौतामा नटुङ्गियोस् ।’ भनिएको छ।

 

 

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, १८: २७

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, १८: २७

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, १८: २७

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...