नेपाली कांग्रेसले निर्वाचनका लागि घोषणापत्र निर्माण प्रक्रिया‌ थाल्यो | Naya Bikalpa
September 29, 2022, Thursday

नेपाली कांग्रेसले निर्वाचनका लागि घोषणापत्र निर्माण प्रक्रिया‌ थाल्यो

नयाँ विकल्प,

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र निर्माण प्रक्रिया थालेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र तयारी समितिले घोषणापत्र निर्माण गरिरहेको छ । पार्टीका ६ जना सहमहामन्त्री, सात जना केन्द्रीय सदस्य, विभिन्न क्षेत्र र वर्गका विज्ञ सम्मिलित समितिले घोषणापत्र तयार पार्दैछ ।

सहमहामन्त्री जीवन परियार संयोजकत्वको अध्ययन र विश्लेषण उपसमितिले पार्टीको स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्र अध्ययन गरिरहेको छ । यस्तै अर्थविद् डा. स्वर्णीम वाग्ले संयोजकत्वको उपसमितिले घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारिरहेको छ ।

कांग्रेसले सबै प्रदेशमा बेग्लाबेग्लै घोषणापत्र बनाउने तयारी थालेको छ । सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार र केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई प्रदेशगत समन्वयका लागि जिम्मेवारी दिइएको छ ।

प्रदेश १ मा उपाध्याय, मधेस प्रदेशमा आङ्देम्बे, बागमती प्रदेशमा यादव, गण्डकी प्रदेशमा पाण्डे, लुम्बिनी प्रदेशमा मन्सुर, कर्णाली प्रदेशमा जीवन परियार र सुदूरपश्चिम प्रदेशमा विश्वकर्माको समन्वयमा घोषणा तयारीको काम भइरहेको छ ।

पछिल्लो समय कांग्रेसमा सहमहामन्त्रीहरुको भूमिका बढेको छ । समानुपातिकमा सिफारिस उम्मेदवारको क्लस्टर अनुसारको सूची बनाउने जिम्मेवारी पनि सहमहामन्त्रीलाई नै थियो ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, १९: ०६

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, १९: ०६

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, १९: ०६

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...