लोसपा र एमालेको चुनावी तालमेल | Naya Bikalpa
September 29, 2022, Thursday

लोसपा र एमालेको चुनावी तालमेल

नयाँ विकल्प,

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनललाई राखिएको छ । सत्ता गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि लोसापाले एमालेसँग सहकार्य गर्न लागेको छ । यसअघि एमाले र जसापका नेताबीच विभिन्न चरणमा छलफल भएपनि औपचारिक रुपमा तालमेलको प्रयास भएको थिएन ।

वार्ता समिति बनाएसँगै एमाले र लोसापाबीच आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल हुने सम्भावना बढेको छ ।

 

 

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ७, १९: ४८

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ७, १९: ४८

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ७, १९: ४८

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...