चौपायाको स्वास्थ्य परीक्षण शुरू – Naya Bikalpa
March 28, 2024, Thursday

चौपायाको स्वास्थ्य परीक्षण शुरू

काठमाडौं । महानगरपालिकाले राजधानीवासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने कामपा जनस्वाथ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले बताए ।

कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कामपाले कलंकी, बिजुलीबजार र बागबजार खसी बजारमा समेत अनुगमन गर्ने तयारी गरेको छ ।

महानगरवासीलाई स्वस्थ्य मासु खुवाउने योजनासहित त्यस्ता चौपायाको अनुगमन गर्न लागिएको वरिष्ठ पशु चिकित्सक डा. झाले बताए ।

विगत वर्षको भन्दा यो वर्ष थप व्यवस्थित रूपमा स्वास्थ्य परीक्षण र बजार अनुगमन गर्ने कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

महानगरले चौपाया बिक्रीस्थलमै आइसोलेसन सेन्टर बनाउने र तत्काल उपचार सम्भव भएका चौपायाको सोही स्थानमा स्वाथ्य परीक्षण र उपचार गर्ने तयारी पनि गरेको छ ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ आश्विन ९, ०७: ००

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ आश्विन ९, ०७: ००

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ आश्विन ९, ०७: ००

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...