ट्राफिक प्रहरीको कारवाहीमा २७ ओटा सवारी साधन, १२ ओटा नियन्त्रणमा – Naya Bikalpa
April 16, 2024, Tuesday

ट्राफिक प्रहरीको कारवाहीमा २७ ओटा सवारी साधन, १२ ओटा नियन्त्रणमा

काठमाडौं । भक्तपुरको जगातीमा गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमो लगायतका २७ ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १२ ओटालाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु नभएका,टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका २७ ओटा सवारी साधनलाई कारवाही गरिएको र १२ ओटालाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । नियन्त्रणमा लिएका १२ ओटा सवारी साधनलाई प्रहरी बृत्त जगाती भक्तपुरमा राखिएको र आवश्यक कारवाहीको लागी यातायात व्यवस्था विभाग पठाइएको छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुर क्षेत्रमा खटिएको थियो । अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिदै आएको जनाएकाे छ ।

सम्बन्धित समाचार

गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
  • २०७९ आश्विन १०, १२: ३०

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले बुटवलको सुप्रिम सहकारीबाट पैसा नलिएको स्पष्टीकरण दिएका छन्। लामिछाने शक्तिमा रहेका कारण उन्मुक्ति...

राष्ट्रियसभा अध्यक्षको स्पष्टिकरण – प्रचण्ड र मैले एकै दिन राजनीति शुरु गरेका हौं
राष्ट्रियसभा अध्यक्षको स्पष्टिकरण – प्रचण्ड र मैले एकै दिन राजनीति शुरु गरेका हौं
  • २०७९ आश्विन १०, १२: ३०

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आफू र नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिन...

काठमाडौं उपत्यकाका १४२ ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
काठमाडौं उपत्यकाका १४२ ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
  • २०७९ आश्विन १०, १२: ३०

काठमाडौं। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं उपत्यकाका एक सय ४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको छ। कार्यालयले छापा...