धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ – Naya Bikalpa
March 29, 2024, Friday

धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।

शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिएका छन् ।

उनले बरामद गरिएको १९.४१७ केजी चाँदीको १९ लाख ६४ हजार तीन सय ४० मूल्य बरावरको रहेको बताए । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ आश्विन १०, १७: ४५

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
  • २०७९ आश्विन १०, १७: ४५

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको...

सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्नेः मन्त्री अधिकारी
  • २०७९ आश्विन १०, १७: ४५

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्ने बताएका छन्...