लागुऔषध सेवन गर्ने २ जना चालक कारबाहीमा – Naya Bikalpa
April 18, 2024, Thursday

लागुऔषध सेवन गर्ने २ जना चालक कारबाहीमा

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले सोमबार नागढुङगा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा २ जना चालकलाई आज साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो ।

बा ३ ख ६१३७ नम्बरको बस चालक रामेछापको उमाकुण्ड गाउँपालिका २ का २६ बर्षिय लाल बहादुर कार्की र बागमती प्रदेश ०३ -००१ च २०६४ नम्बरको डीआई गाडिका चालक पुर्वी नवलपरासीको कावासोती १३ का २५ बर्षिय सागर बि.क. लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी प्रभाग बलम्बुमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिईएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
  • २०७९ आश्विन ११, १२: ०५

  कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
  • २०७९ आश्विन ११, १२: ०५

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक...

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
  • २०७९ आश्विन ११, १२: ०५

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले...