पोखरामा च्याङ्ग्राको मूल्य अचाक्ली,एउटै च्याङ्ग्राको ४८ हजार – Naya Bikalpa
March 29, 2024, Friday

पोखरामा च्याङ्ग्राको मूल्य अचाक्ली,एउटै च्याङ्ग्राको ४८ हजार

काठमाडौं । पोखरामा भेडा, च्याङ्ग्राको मूल्य अचाक्ली बढेको छ । मुस्ताङबाट बडा दसैँको लागि बेच्न ल्याइएका भेडा, च्याङ्ग्राको मूल्य प्रति गोटा ४८ हजारसम्म पर्न गएको छ । यो मूल्य पोहोर परारको तुलनामा अचाक्ली हो । चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका बन्द हुँदा यस वर्ष दसैँका लागि पोखरा ल्याइएका भेडा, च्याङ्ग्रा महगों पर्न गएको बताइएको छ ।

कोरला नाका बन्द हुँदा तिब्बतबाट भेडा-च्याङ्ग्रा कम आएपछि मुस्ताङमै महँगिएको छ । कोरोना भाइरसका कारण विगत तीन वर्षदेखि उत्तरी कोरलानाका बन्द अवस्थामा छ । नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्याङ्ग्रा खरिद गर्न नपाएपछि यो वर्ष भेडा, च्याङ्ग्राको सङ्ख्या न्यून छ जसका कारण मूल्य वृद्धि भएको हो ।

कोरोना अगाडि कोरला नाकामा हुने व्यापार मेलामा मुस्ताङ र डोल्पाका स्थानीय व्यापारी तथा पशुपालकले भेडा, च्याङ्ग्रा खरिद गर्ने गरेकोमा कोरोनाकै कारण चीनले उत्तरी कोरलानाका खुला नगर्दा मुस्ताङ र डोल्पामै भेडा, च्याङ्ग्राको अभाव खट्किएको हो ।

दसैँ पर्वको सेरोफेरोमा औसत जोमसोममा करिब २३ हजारको सङ्ख्यामा भेडा-च्याङ्ग्रा झर्ने गरेको रेकर्ड छ । यद्यपि मुस्ताङबाट बजार झारिने भेडा-च्याङ्ग्राको भेटेनरी परीक्षण गर्दा व्यापारीले एकिन तथ्याङ्क पेश नगर्दा भेडा-च्याङ्ग्रा कति झरे भन्ने तथ्याङ्क निकाल्न समस्या पर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका पशु चिकित्सकले बताएका छन् ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
  • २०७९ आश्विन ११, १३: ४१

  काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।...

राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
  • २०७९ आश्विन ११, १३: ४१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक संकटहरु देखिन थालेको भन्दै त्यसको समाधान गर्न संसद्का दुई ठूला र...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
  • २०७९ आश्विन ११, १३: ४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...