शेयर बजारमा हरियाली, कारोबार रकममा भने गिरावट | Naya Bikalpa
December 5, 2022, Monday

शेयर बजारमा हरियाली, कारोबार रकममा भने गिरावट

काठमाडौं । नेप्से साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ । केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको शेयरबजारमा आज दोहोरो अंकको वृद्धि देखिएको हो ।

आज नेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०५ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलव १३ विन्दुमा बन्द भएको थियो ।

शेयरबजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९।९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ ।

आज गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ । यसको आज २ करोड ८५लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन ११, १५: ४८

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन ११, १५: ४८

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन ११, १५: ४८

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...