आगामी निर्वाचनमा पार्टीलाई जिताउन कांग्रेसको निर्देशन – Naya Bikalpa
March 29, 2024, Friday

आगामी निर्वाचनमा पार्टीलाई जिताउन कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिन निर्देशन दिइएको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिएका छन् ।

‘आ आफ्नो गृह जिल्ला पुगी बडादसैँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ, पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ,’ उनले भने ।

सरकारको नेतृत्वको गरिरहेको दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको ठाडो उल्लंघन भएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संसदले दुई पटक पारित गरेको विधेयकमा नयाँ विषय नभएको बताए ।

‘यो विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको थियो। यस्तै व्यवस्थासहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुभएको थियो,’ महतले भने,‘अहिले संसदले दुई पटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको ठाडो उल्लंघन हो ।’

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले निर्वाचनको मुखमा यो विषयलाई राजनीतिक रङ दिन कोशिश गरेको पनि महतले बताए । ‘भ्रमको खेती गर्ने कोशिश भएको छ । निर्वाचनका बेला पक्कै यस विषयमा बहस होला,’ उनले भने ।

संसदले पहिलो पटक पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न फिर्ता पठाइदिएकी थिइन् ।

 

सम्बन्धित समाचार

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
  • २०७९ आश्विन ११, १७: २३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...

युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
युवतीको हत्यामा संलग्न आरोपी पक्राउ
  • २०७९ आश्विन ११, १७: २३

बुटवल । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–१...

जथाभावी बाँडिएका एसईईका अनुमति पत्र रद्द
जथाभावी बाँडिएका एसईईका अनुमति पत्र रद्द
  • २०७९ आश्विन ११, १७: २३

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुगमनका लागि जथाभावी बाँडिएका अनुमति पत्र रद्द गरेको छ ।...