श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ – Naya Bikalpa
March 28, 2024, Thursday

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं । प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका ६ मुसहर टोल बस्ने रेबिया सदा रहेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरी रेबियाले ३२ वर्षीया श्रीमती दुलारीलाई सिलौटाले छातीमा हानेका थिए । सिलौटाको प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ आश्विन ११, १७: ५६

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ आश्विन ११, १७: ५६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ आश्विन ११, १७: ५६

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...