चुनावी तालमेल नगर्न डोटी कांग्रेसको दबाव – Naya Bikalpa
April 18, 2024, Thursday

चुनावी तालमेल नगर्न डोटी कांग्रेसको दबाव

नयाँ विकल्प ,

काठमाडौं – नेपाली कांग्रेस, डोटीका नौवटै पालिका कमिटीका सभापतिले आसन्न निर्वाचनका लागि चुनावी तालमेल नगर्न नेतृत्वलाई दबाव दिएका छन् ।

मंगलबार भएको पालिका सभापतिहरुको बैठकले डोटीको परिवेश र स्थानीय निर्वाचनको मत परिणामअनुसार गठवन्धन आवश्यक नरहेको निष्कर्ष निकालेको हो । स्थानीय तहमा एक्लै चुनाव लडेर ठुलो सफलता प्राप्त गरेको भन्दै बैठकले डोटी कांग्रेसको मर्म विपरित केन्द्रीय कमिटीले चुनावी तालमेल गरेमा चुनाव प्रचारप्रसार र मतदानमा सहभागी नहुने सन्देश दिएको छ ।

शीर्ष तहमा भइरहेको छलफलमा डोटीको प्रतिनिधि सभा सदस्यको सिट एकीकृत समाजवादीका भाग पर्ने सहमति जुटेको छ । केही दिनअघि डोटी जिल्लाबाट प्रतिनिसिभाका लागि सशक्त दाबेदार मानिएका कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र–४ बाट चुनाव लड्ने संकेत गरेका थिए । स्रोतका अनुसार बलायरलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली ४ या ५ मध्ये एक रोज्न भनेका थिए ।

सम्बन्धित समाचार

जीवनविरुद्ध डिफ्युजन नोटिस जारी
जीवनविरुद्ध डिफ्युजन नोटिस जारी
  • २०७९ आश्विन ११, २२: ३०

काठमाडौं । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । सुन तस्करी...

एन्फा उपाध्यक्ष लामा छुटे
एन्फा उपाध्यक्ष लामा छुटे
  • २०७९ आश्विन ११, २२: ३०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । लागुऔषध...

राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
  • २०७९ आश्विन ११, २२: ३०

काठमाडौं । डा.अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२)...