एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीबिच आकर्षक छुट सम्झौता | Naya Bikalpa
December 5, 2022, Monday

एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीबिच आकर्षक छुट सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबिच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुपअफ हस्पिटालिटी अन्तर्गत देशका विभिन्न स्थानमा होटल एवम् रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरु रहेका छन् ।

सिद्धार्थ होटल न्यु आनन्द महेन्द्रनगर, सिद्धार्थ होटल टिकापुर कैलाली, सिद्धार्थ होटल नेपालगंज, सिद्धार्थ कटेज एण्ड होटल बुटवल, सिद्धार्थ होटल वाटर टावर नुवाकोट, सिद्धार्थ होटल ग्राण्ड सिटी विर्तामोड, सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौँ, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ रिसोर्ट चिसापानी कैलाली, सिद्धार्थ लुम्बीनी ग्रिन रिसोर्ट चन्द्रौटा, सिद्धार्थ इन्टरनेशनल होटल भैरहवा, सिद्धार्थ रिभर साइड रिसोर्ट चुम्लिङ्टार चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट नेपालगंज, सिद्धार्थ कटेज रेस्टुरेन्ट धोविघाट ललितपुर, सिद्धार्थ कटेज रेस्टुरेन्ट बुटवल, सिद्धार्थ कटेज रेस्टुरेन्ट पुरानो वानेश्वर, सिद्धार्थ कटेज रेस्टुरेन्ट तिनकुने काठमाडौँ , एस क्याफे कोहलपुर, एस क्याफे नेपालगंजर एस क्याफे सुविधानगर तिनकुने गरी देशभर रहेका २० वटा स्थानबाट तोकिएको छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको बैंकले बताएको छ ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन १२, १२: २७

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन १२, १२: २७

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन १२, १२: २७

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...