एच.बि खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन | Naya Bikalpa
December 5, 2022, Monday

एच.बि खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन

काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच।बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् । पछिल्लो संधिय संसद र प्रदेश सभा निर्बाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदबार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रिले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।

मङलबार राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन प्राध्यापक डा।उत्तम खनाल प्रा।डा।गोपी लाल न्यौपाने, अभियान्ता बिनोद डाँगीले पुस्तकको बिमोचन गरेका हुन् ।

बिमोचन पछि बोल्दै प्रा।खनाले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकले इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने बताए । प्रा. डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको स्वतन्त्रताको पक्षमा लेखिएको र जुन असल नेताले एकपटक पढ्नैपर्ने बताए । साहित्यकार रुपसिंह भण्डारीले वाद विकास हुन समय लाग्ने भन्दौ समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजान सुझाउनु दिए । लेखक खत्रीले उपस्थित सबैलाई धन्यवाद दिदै स्वतन्त्र नेतृत्ववादले युवा पुस्तालाई कसैको चाप्लुसी नगरी नेतृत्वमा पुग्न मद्धत पु¥याउने बताउँदै लेखकको धर्म लेख्नु भएको र बाँकी प्रतिक्रियाका लागि आजबाट पुस्तकलाई पाठकको जिम्मामा लगाएको बताएका थिए ।

सोही कार्यक्रममा विश्व किर्तिमानी गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर चित्र कुमार कार्कीले गिनिज बुकको तर्फबाट मायाको चिनो स्वरुप मेडल प्रदान गरेर लेखकलाई सम्मान एवं हौसला प्रदान गरे । पुस्तकमा स्वतन्त्रहरुको अभियानलाई मार्गनिर्देशन गर्ने पुस्तकले सहयोगले गर्ने बताईएको छ । कार्यक्रममा लेखक, समाजसेवी, पूर्वसरकारी अधिकारीहरु लगायत विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन १२, १२: ३७

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन १२, १२: ३७

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन १२, १२: ३७

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...