समानुपातिक उम्मेदवार सूची संशोधन गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा शेखर पक्षको धर्ना सुरु – Naya Bikalpa
March 29, 2024, Friday

समानुपातिक उम्मेदवार सूची संशोधन गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा शेखर पक्षको धर्ना सुरु

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला समूह आन्दोलनमा उत्रिएको छ । सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फका उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै कोइराला समुहले पार्टी कार्यालय सानेपामा आज धर्ना दिएको हाे । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।

उनीहरूले असोज १४ भित्र समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति देउवासँग माग गरेका छन् । सभापति देउवाले समानुपातिक उम्मेदवार सूची केही संशोधन गर्न सकिने बताइसकेका छन् । यसका लागि मंगलबार र बुधबार पनि बालुवाटारमा शीर्ष नेताहरूसँग देउवाले छलफल गरेका थिए ।

नेताहरू जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत धर्नामा उपस्थित छन् । उनीहरूले अधिकांश ठाउँमा कांग्रेसका उम्मेदवार हुनुपर्ने र रूखमा भोट हाल्न पाउनुपर्ने माग गरिरहेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् ।धर्नामा शखेर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो ।

संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ ।शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ ।

समानुपातिक बन्दसूची नसच्चिए आसन्न निर्वाचन बहिस्कारसम्म गर्ने कोइराला पक्षले चेतावनी समेत दिएकाे छ ।

सम्बन्धित समाचार

प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
  • २०७९ आश्विन १२, १४: १२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव...

महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
  • २०७९ आश्विन १२, १४: १२

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित...

कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
  • २०७९ आश्विन १२, १४: १२

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको छ । गुण्डागर्दी...