राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकताको घोषणा | Naya Bikalpa
December 5, 2022, Monday

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकताको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।

घोषणा सभामा अध्यक्ष राजेन्द्र लिङदेन र रवीन्द्र मिश्रले हस्ताक्षर गरेका छन् । उनीहरुले एकता प्रक्रियामा भएको सहमतिपत्रमा हस्ताक्षर गदैं गर्दा मञ्चमा शंख घण्टी र गीता बाचन गरिएको थियो ।

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । त्यसपछि उनीहरुले एक अर्कालाई माला लगाए ।
मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका छन् । उनको नेतृत्वमा राप्रपामा प्रवेश गर्नेहरुका वीचमा केन्द्रीय कार्यासम्पादन समिति लगायतमा सात देखि दश दिनभित्र तहगत समायोजन गर्ने सहमति भएको छ । प्रदेश कमिटि लगायतका अन्य कमिटिको तहगत समायोजनका लागि दुवै पक्षका दुई दुई जना नेताहरु रहेको कार्यदल बनाउने र निर्वाचन सम्मुखमा रहेकोले दुवैका कमिटिलाई मिलेरै अगाडी बढन निर्देशन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

मिश्र राप्रपा प्रवेश गरेसँगै विवेकशील साझाका प्रदेश १ बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन १२, १५: २०

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन १२, १५: २०

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन १२, १५: २०

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...