घरमा काम गर्ने महिलालाई बलात्कार गर्ने पुरुष पक्राउ – Naya Bikalpa
March 28, 2024, Thursday

घरमा काम गर्ने महिलालाई बलात्कार गर्ने पुरुष पक्राउ

काठमाडौं । घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।

बैतडी सिगास गाँउपालिका ५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलालाई बलात्कार आरोपमा प्रहरीले प्रक्राउ गरेको जानकारी दिएको छ ।

आफ्नै घरमा काम गर्ने १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको उनले जनाए ।
पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ आश्विन १२, १७: १८

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ आश्विन १२, १७: १८

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ आश्विन १२, १७: १८

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...