चाडपर्व विशेष: बजार अनुगमनलाई तीव्रता – Naya Bikalpa
April 19, 2024, Friday

चाडपर्व विशेष: बजार अनुगमनलाई तीव्रता

नयाँ विकल्प,

काठमाडौं –  दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा बजार अनुगमन तीव्र तुल्याइएको हो । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए ।

वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्था विभाग, औषधि व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली फिल्डमा खटिएको भट्टराईको भनाइ छ । यसबाहेक, वाणिज्य विभागको टोलीले दैनिक बजार अनुगमनसमेत गरिरहेको उनले बताए ।

उनका अनुसार दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिनलाई सरकार लागिपरेको छ । विशेषगरी दसैँ र तिहारको समयमा व्यापारीहरूले कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने र उपभोक्तालाई विभिन्न बहानामा ठग्ने गर्छन् ।

सम्बन्धित समाचार

काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
  • २०७९ आश्विन १२, २०: २०

काठमाडौं । गत चैत २७ गते राप्रपाले काठमाडौं गरेको जनप्रदर्शनका क्रममा विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको...

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ आश्विन १२, २०: २०

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ आश्विन १२, २०: २०

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...