लोसपा सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश | Naya Bikalpa
December 5, 2022, Monday

लोसपा सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश

नयाँ विकल्प,

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीकी कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन्।

उनी २०७४ सालमा तत्कालीन राजपाबाट समानुपातिक सांसद बनेकी हुन्। राजपा र समाजवादी पार्टी एकता भएर गठन भएको जसपा विभाजन भएपछि उनी लोसपामा लागेकी हुन्।

तत्कालीन तमलोपाबाट उनी २०६४ मा सांसद बनेकी थिइन्। केपी ओली नेतृत्वको सरकारमा केही समय मन्त्री बनेकी चौधरी २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन्।चौधरी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुन्।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ आश्विन १२, २१: ३१

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ आश्विन १२, २१: ३१

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ आश्विन १२, २१: ३१

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...