काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।
काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर – ३, कञ्चनपुर–२, डडेलधुरा, दार्चुला, कैलाली–१ ४,५, अछाम –२, बाजुरा, सुर्खेत– १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम –२, बर्दिया –१ रहेको छ । दैलेख –१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।
यसैगरी चितवन १ र २, गोरखा – १, मनाङ, कास्की – १, तनहुँ( १ र २, स्याङ्जा( १ र २, नवलपरासी पूर्व( १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी – १, पाल्पा – १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ –३ र बाँके ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी पाँचथर, इलाम –२, झापा –१,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ –१,२,३ र ६, सुनसरी –२,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी –३, ४, सिरहा –१, २ धनुषा –२, ३ र ४ महोत्तरी –२ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।
यस्तै सर्लाही – ४, बारा –१, पर्सा –३ र ४, सिन्धुली –१, रसुवा, धादिङ –२, नुवाकोट –२, काठमाडौं ( १, १०, ३,४,५,६, भक्तपुर ( १ र २, ललितपुर ( १, काभ्रे –२ सिन्धुपाल्चोक –२ र मकवानपुर – १ कांग्रेसले लिने बताइएको छ ।
जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।
विराटनगर । काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की...
काठमाडौं। नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबी लामिछानेबिरुद्ध करिव आधा दर्जन सहकारीका...
विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई...