जनसम्पर्क समिति विकृतिको अखडा – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

जनसम्पर्क समिति विकृतिको अखडा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको विदेशस्थित जनसम्पर्क समितिहरु विकृतिको अखडा भएको आरोप लगाएका छन् ।

आफ्नै निवास चण्डोलमा आइतबार केही संचारकर्मीसँग कुराकानी गर्दै सिटौलाले विगतमा संगठनको संरचना र गतिविधि ठिक भए पनि हाल जनसम्पर्क समितिले विकृति र विसंगति मात्र निम्त्याएको बताएका हुन् ।

उनले जनसम्पर्क समिति कांग्रेसका नेताहरुको लागि पनि अखडा जमाउने थलोको रुपमा विकसित भएको बताए । विदेशस्थित जनसम्पर्क समितिले नेपालका नेताहरुलाई कार्यक्रममा बोलाउने र खाने बस्नेको सुविधा दिएर रमाउने चलन भएको टिप्पणी गरे । यसै साता मात्र कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मासहित दुई दर्जन नेताहरु डेनमार्गको कोपनहेगन पुगेका थिए ।

त्यहाँ गएका नेताहरुले तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागी भएर जनसम्पर्क समितिको महासम्मेलन भनी बताएका थिए । एक अर्को प्रसंगमा सिटौलाले प्रधानमन्त्री सुध्रिए मात्र मन्त्रीहरु सुध्रिए जस्तै पार्टी सभापति शेरबहादुर देउवा र पदाधिकारी सुध्रिए मात्र कांग्रेस सुध्रने बताए ।

उनले विगतमा भएका कमजोरीलाई उदाहरण दिँदै सभपाति रत्नाकर बन्ने कि बाल्मिकी बन्ने भनेर रोज्ने बेला आएको बताए । उनले सभापति देउवालाई रत्नाकरबाट बाल्मिकी बन्न पाउने भए पनि बाल्मिकीबाट रत्नाकर बन्ने छुट नभएको बताए ।

सम्बन्धित समाचार

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०७६ असार १६, ०६: १४

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...

कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २०७६ असार १६, ०६: १४

काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।...

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०७६ असार १६, ०६: १४

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...