घर–घरमा कुकुरको पूजाआजा गरी मनाइँदै – Naya Bikalpa
September 30, 2023, Saturday

घर–घरमा कुकुरको पूजाआजा गरी मनाइँदै

काठमाडौं । आज कुकुर तिहार । घर–घरमा कुकुरको पूजाआजा गरी मनाइँदैछ । कुकुरलाई मीठा मीठा परिकार खुवाएर मनाउने चलन छ । आजको दिनलाई नरक चुतुर्दशी भनिन्छ ।

आजका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

वर्षभरि धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ । कुकुर यमराजको प्रियभक्त भएकाले यमदूतका रूपमा पुज्ने गरिन्छ।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्यमा पनि काम गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ ।

कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिने कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ ।

प्राणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेड्स मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् । कुकर ब्वाँसाको वंशज पनि हो । तर उक्त वंशज हजारौं साल पहिले लोप भएको थियो । अमेरिका र युरोपमा अहिले पनि ब्वाँसो पाइने गर्छ ।

ऊ कुकुरको दोस्रो छिमेकी हो । यी ब्वाँसाको डीएनएमा कुकुरको डीएनएन ९९ प्रतिशत मेल खान्छ । कुकुरका कैयन् आकार र जात छन् । यति प्रजाति त अरु जंगली जनावर या पाल्तु जनावरका पनि छैनन् ।

सम्बन्धित समाचार

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०७९ कार्तिक ७, ०८: ३०

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०७९ कार्तिक ७, ०८: ३०

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...

संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
  • २०७९ कार्तिक ७, ०८: ३०

  काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...