३ करोड लगानीमा अनमोलको कृ – Naya Bikalpa
April 25, 2024, Thursday

३ करोड लगानीमा अनमोलको कृ

काठमाडौं । एउटा नेपाली फिल्म अहिलेसम्म डेढ करोडसम्ममा निर्माण हुने गरेको थियो । तर अनमोल केसीले अभिनय गरेको फिल्म क्रिको लगानी तीन करोड पुगेको यसका निर्माताहरुको भनाई छ । यो फिल्मका निर्माता सुवास गिरीका अनुसार एक सय ३ दिनसम्म छायाँकन गरिएको यो फिल्मको लगानी रिलिज गर्दासम्म ३ करोड रुपैयाँ पुग्ने छ ।
शुक्रबार काठमाडौंमा‘कृ’को ट्रेलर सार्वजनिक गर्दै उनले यस्तो खुलासा गरेका हुन् । यो चलचित्र अब आगामी २६ माघबाट देशव्यापी प्रदर्शनीमा आउने पनि उनले बताए ।
यो फिल्मको सार्वजनिक गरिउको ३ मिनेट लामो ट्रेलर एक्सन प्रधान छ । जसमा अभिनेता अनमोल केसीको एक्सन, अदिती र अनमोलको प्रेम, अनुप विक्रम शाही खल चरित्रमा छन् । कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफूले दर्शकको चाहना अनुसार आफूलाई परिवर्तन खोजेको बताए । उनले, बजारमा आफूलाई ५० लाख पारिश्रमिक दिने बिषयमा चलेको चर्चा सत्य भएको बताए । अनमोलले भने–‘मलाई ५० लाखको अफर आएको कुरा सत्य हो ।’ उनले, आफूलाई स्टार, सुपरस्टार, मेघास्टार जे भनेपनि आफू भर्खरै फिल्म क्षेत्रमा आउँदै गरेको कलाकार भएको बताए । सो कार्यक्रममा चलचित्रकी अभिनेत्री अदिती वुढाथोकीले एउटा राम्रो टिमसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । सुपर स्टार अनमोलसँग पहिलो फिल्ममै नायिका हुन पाउँदा आफुले पनि राम्रो काम गर्न सकेको उनले जिकिर गरिन् ।
निर्देशक सुरेन्द्र पौडेलले ‘कृ’को अर्थ बदला भएको भन्दै फिल्मलाई हरेक दृष्टिकोणबाट उत्कृष्ट बनाउन खोजेको बताए । चलचित्रका अर्का, निर्माता भूवन केसीले हामीले नेपाली फिल्मसँग नभई विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
यो चलचित्रमा अनमोल केसी, अनुप विक्रम शाही, अदिती वुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, सुदाम, अमिती गिरी, टिका भक्त जिरेल, अर्जेस रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । सुरेन्द्र पौडेलले सम्पादन तथा निर्देशन गरेको फिल्मलाई सुवास गिरी र अभिनेता भूवन केसीले मिलेर बनाएका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध निर्देशन, प्रदिप भारद्धाज र आशिष रेग्मीको लेखन, अल्मोडा उप्रेती राना र विशेष पाण्डेको संगीत, रेनशा वान्तवा राइको नृत्य निर्देशन छ ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ पुष ४, ०९: १२

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ पुष ४, ०९: १२

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ पुष ४, ०९: १२

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...