तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च जाने – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च जाने

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । ललितपुर–३ की उम्मेदवार तोसिमा लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ । सो अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च जाने तयारी भएको आयोग स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले मंगलबार डा. कार्की नेपाल मेडिकल कलेजको निर्वाचित सदस्य रहेको, उनले बैठक भत्ता, भ्रमण भत्ता र सवारी खर्च जस्ता आर्थिक लाभ लिएपनि नियमित प्रकृतिको सुविधा नलिएको भन्दै उनको उम्मेदवारी कायम रहने आदेश गरेको थियो । साथै उम्मेदवारीका क्रममा उनले आफू निर्वाचित भएको पद ‘लाभको पद हो कि होइन भनी मौकामा आयोगमा निवेदन दिँदा कुनै जवाफ नपाएको’ भन्दै सर्वोच्च अदालतले त्यसलाई अन्तरिम आदेश दिने आधार बनाएको थियो ।

 

सम्बन्धित समाचार

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०७९ कार्तिक १६, १९: ०५

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
  • २०७९ कार्तिक १६, १९: ०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...

तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
  • २०७९ कार्तिक १६, १९: ०५

मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...